हवाई दुर्घटना न्यूनीकरण गर्न छुट्टै हवाई मौसम निर्देशनालय स्थापना गरिने
काठमाडौँ । सरकारले मौसमका कारण हुने हवाई दुर्घटना न्यूनीकरण गर्न नेपाल मौसम विज्ञान विभागअन्तर्गत छुट्टै हवाई मौसम निर्देशनालय स्थापना गर्ने भएको छ। विभागले सार्वजनिक गरेको नयाँ श्वेतपत्रको मस्यौदामा हवाई उडान सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै यस्तो संस्थागत संरचना स्थापना गर्ने प्रस्ताव गरिएको हो। प्रस्तावित व्यवस्थाअनुसार अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईसीएओ) को मापदण्डअनुरूप एभिएसन सिस्टम ब्लक अपग्रेड (ASBU) कार्यक्रमसमेत लागू गरिनेछ। हवाई मौसमसम्बन्धी सूचना तथा पूर्वानुमानलाई थप प्रभावकारी बनाउँदै मौसमका कारण उत्पन्न हुन सक्ने जोखिम न्यूनीकरण गर्नु यस पहलको प्रमुख उद्देश्य रहेको छ।
