SHARE
अन्नपूर्ण · आइबार​ ९ कात्िक २०८३ ०५:०० AM · 1 मिनेट पढाइ

भारत : अनन्त सिंहका तीन अभिव्यक्तिले चिढियो जेडीयू नेतृत्व, नितिश कुमारले गरे पार्टीबाट निष्कासन

काठमाडौं : भारतको बिहारमा जनता दल युनाइटेड (जेडीयू) का विधायक अनन्त सिंह पार्टीबाट निष्कासित भएपछि राजनीतिक वृत्तमा चर्चा चुलिएको छ । विधान परिषद् निर्वाचनमा पार्टीका उम्मेदवार नीरज कुमारको खुलेर विरोध गरेपछि पार्टी अध्यक्ष नितिश कुमार उनीसँग असन्तुष्ट बनेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।मोकामा क्षेत्रका विधायक अनन्त सिंहले निर्वाचनका क्रममा पार्टी नेतृत्वप्रति दिएका अभिव्यक्ति र विपक्षी उम्मेदवारको पक्षमा गरेको प्रचारलाई निष्कासनको प्रमुख कारणका रूपमा हेरिएको छ ।