SHARE
अन्नपूर्ण · आइबार​ ९ कात्िक २०८३ ०५:०० AM · 1 मिनेट पढाइ

इजरायली सेनाद्वारा हेब्रोनमा घर र व्यवसाय भत्काइँदा सयौँ परिवार विस्थापित

काठमाडौँ : इजरायली सेनाले कब्जा गरिएको पश्चिम किनारको हेब्रोन सहरमा घर, व्यवसाय तथा अन्य संरचना भत्काएपछि सयौँ परिवार विस्थापित भएका छन् । स्थानीय अधिकारीहरूका अनुसार सैन्य कारबाहीका कारण एक हजारभन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन् ।इजरायली सेनाले हेब्रोनका ऐन देर बहा र फार्श अल–हावा क्षेत्रमा केन्द्रित रहेर घर, व्यावसायिक भवन, औद्योगिक स्थल तथा पूर्वाधारमा तोडफोड गरेको हो ।