फिफा अध्यक्ष इन्फान्टिनोको दाबी : ‘विश्व फूटबलको ठूलो बहुमत मेरै पक्षमा छ’
काठमाण्डु – विश्व फूटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले आफ्नो नेतृत्वप्रति विश्व फूटबलको ठूलो बहुमतको समर्थन रहेको दाबी गरेका छन् । फिफाको विवादास्पद व्यावसायिक प्रस्तावलाई लिएर राजीनामा दिनुपर्ने माग उठे पनि उनले पद छाड्ने सम्भावनाबारे सोधिएको प्रश्नलाई हाँसेर टारेका छन् ।
