SHARE
अन्नपूर्ण · शनिबार ८ कात्िक २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

प्रेमीसँग विवाह गर्न परिवारले नमानेपछि मोबाइल टावर चढेकी युवतीको फोनबाटै भयो विवाह

काठमाडौं : प्रेमीसँग विवाह गर्न परिवारले अस्वीकार गरेपछि एक १८ वर्षीया युवती मोबाइल टावरमा चढेको घटना सार्वजनिक भएको छ। भारतकाे उत्तर प्रदेशको एक गाउँमा शुक्रबार बिहान यो घटना घटेको हो। ती युवतीले प्रेमीसँग विवाह गराइदिन परिवारसमक्ष माग राखेकी थिइन्। तर परिवारले सहमति नदिएपछि उनी गाउँकै मोबाइल टावरमा चढेकी हुन्।प्राप्त विवरण अनुसार मोतीपुर थाना क्षेत्रकी साइदा नामकी युवती सोही गाउँका २१ वर्षीय नुरुद्दिनसँग प्रेम सम्बन्धमा थिइन्। नुरुद्दिन हाल  रोजगारीका क्रममा मुम्बईमा छन्।