SHARE
लोक पथ · शनिबार ८ कात्िक २०८३ ०६:३७ AM · 1 मिनेट पढाइ

सामसङ ग्यालेक्सी ए१७ फाइभजी अब २४ महिनाको किस्ताबन्दीमा किन्न पाइने

काठमाडौं । सामसङ ग्यालेक्सी ए१७ फाइभजी स्मार्टफोन अब २४ महिनाको किस्ताबन्दी सुविधामा खरिद गर्न पाइने भएको छ । सामसङ मोबाइल नेपालले चाडपर्वलाई लक्षित गर्दै मासिक एक हजार २२१ रुपैयाँदेखि सुरु हुने किस्ताबन्दी योजना सार्वजनिक गरेको हो । यस योजनाअन्तर्गत ग्राहकले आफ्नो पुरानो स्मार्टफोन साटेर तीन हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस पनि पाउनेछन् ।