‘विश्व शासन सुधार्न शक्तिभन्दा अन्तर्राष्ट्रिय कानुनलाई प्राथमिकता दिऊँ’
काठमाण्डु– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी शासन प्रणालीलाई थप समावेशी, प्रतिनिधिमूलक, पारदर्शी र प्रभावकारी बनाउन सुधार आवश्यक रहेको बताएकी छन्। उनले विश्वका राष्ट्रबीचको सम्बन्ध शक्तिको आधारमा नभई अन्तर्राष्ट्रिय कानुनबाट निर्देशित हुनुपर्नेमा जोड दिएकी छन्।
