ढुंगा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु
काठमाडौं : रुकुम पश्चिममा ढुंगा प्रहारबाट एक ६ वर्षीय बालकको मृत्यु भएको छ। जिल्लाको बाँफिकोट गाउँपालिका–२ स्वाराका बलबहादुर नाथका ६ वर्षीय छोरा रमेश नाथको ढुंगा प्रहारबाट मृत्यु भएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार शुक्रबार साँझ करिब ५:३० बजे घरनजिकैको बाटोमा खेलिरहेका रमेशलाई सोही ठाउँका ३३ वर्षीय भक्तबहादुर नाथले एक्कासि टाउकोमा ढुंगाले प्रहार गरेका थिए। भक्तबहादुरको मानसिक अवस्था ठीक नरहेको बताइएको छ।
