इरानमा फेरि आक्रमण गर्ने ट्रम्पको धम्की, तेहरानको जवाफ- समुद्रमुनिका इन्टरनेट केबल काटिदिन्छौँ’
काठमाण्डु– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता नभए पुनः सैन्य कारबाही गर्न सक्ने चेतावनी दिएका छन्। यसको जवाफमा इरानले अमेरिका र इजरायलले फेरि आक्रमण गरे खाडी क्षेत्रमा समुद्रमुनिका इन्टरनेट केबललाई निशाना बनाउने चेतावनी दिएको छ। ट्रम्पले शुक्रबार फ्लोरिडामा आयोजित चुनावी सभामा इरानविरुद्ध फेरि ‘अपरेसन एपिक फ्युरी’ सञ्चालन गर्न सकिने बताएका हुन्।
