SHARE
लोक पथ · शनिबार ८ कात्िक २०८३ ०४:३२ AM · 1 मिनेट पढाइ

मकवानपुरमा एक महिनामै ५२ सवारी दुर्घटना, ६ जनाको मृत्यु

बागमती । मकवानपुरमा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने ७८ जना घाइते भएका छन् । दुर्घटनामा परेकामध्ये ५० जनाको प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले जानकारी दिए ।