माछापुच्छ्रे बैंक र युनाइटेड रेमिटबीच रेमिट्यान्स सेवाका लागि सम्झौता
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले विदेशबाट नेपालमा रेमिट्यान्स भित्र्याउने प्रक्रियालाई सहज, सरल र विश्वसनीय बनाउने उद्देश्यले युनाइटेड रेमिटसँग सम्झौता गरेको छ । सीजी ग्रुपद्वारा प्रवर्द्धित युनाइटेड रेमिटसँगको सहकार्यपछि बैंकले आफ्नो रेमिट्यान्स सेवा विस्तार गरेको हो ।
