SHARE
लोक पथ · शनिबार ८ कात्िक २०८३ ०४:५० AM · 1 मिनेट पढाइ

राष्ट्र बैंकको वेबसाइट बन्द, सामाजिक सञ्जालबाट सूचना प्रवाह गरिने

काठमाडौं । विश्वव्यापी रूपमा वेब प्रविधि पीएचपी (PHP) मा गम्भीर सुरक्षा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले आफ्नो आधिकारिक वेबसाइट तथा सम्बन्धित सेवाहरू अस्थायी रूपमा बन्द गरेको छ । राष्ट्र बैंकले सामाजिक सञ्जाल फेसबुकमार्फत सूचना जारी गर्दै सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राखेर वेबसाइट तथा सेवाहरू अस्थायी रूपमा बन्द गर्नुपरेको जनाएको हो ।