बुधबारदेखि चक्रवातको प्रभाव देशभर पर्ने अनुमान
काठमाडाैं । पूर्वमध्य तथा दक्षिणपूर्वी बंगालको खाडी आसपास न्यूनचापीय क्षेत्र विकास भएसँगै आगामी बुधबारदेखि नेपालको मौसममा प्रभाव पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कात्तिक ११ गते बुधबारदेखि १५ गते आइतबारसम्म उक्त मौसमी प्रणालीका कारण नेपालमा मौसम प्रभावित हुने सम्भावना छ।
