रुस–युक्रेन युद्धविराम गर्न सहमत, अर्को महिना शान्ति वार्ता हुने
काठमाडौं । रुस र युक्रेन रुसको कब्जामा रहेको युक्रेनी सहर ओलेस्कीमा युद्धविराम गर्न तथा आगामी महिना नयाँ चरणको शान्ति वार्ता अघि बढाउन सहमत भएका छन्। अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पको मध्यस्थतामा उक्त सहमति जुटेको जनाइएको छ। ह्वाइट हाउसका अनुसार युद्धअघि करिब २४ हजार जनसङ्ख्या रहेको ओलेस्कीमा अहिले १ हजार ७०० देखि २ हजार जनासम्म मात्र बाँकी छन्। युद्धका कारण सहरको जनजीवन प्रभावित भएको छ भने सर्वसाधारणको सुरक्षा र मानवीय सहायताको आवश्यकता बढेको छ। दुवै पक्षका अनुसार युद्धविराम अक्टोबर २७ देखि लागू हुनेछ।
