SHARE
कालिका खबर · शुक्रबार​ ७ कात्िक २०८३ ०२:३० AM · 1 मिनेट पढाइ

मनास्लु–लार्केपास पदमार्ग पुनः सञ्चालन, सतर्कता अपनाएर यात्रा गर्न टानको आग्रह

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले मनास्लु–लार्केपास पदयात्रा आंशिक रूपमा सञ्चालनमा आएकाले सतर्कता अपनाएर यात्रा गर्न पदयात्रीलाई आग्रह गरेको छ। टानले बिहीबार सूचना जारी गर्दै बूढीगण्डकीमा आएको विनाशकारी बाढीका कारण क्षतिग्रस्त पहुँचमार्ग, पदमार्ग, पुल तथा टीहाउस र लजहरूको धार्चे र चुमनुब्री गाउँपालिकाले संयुक्त रूपमा मर्मतसम्भार गरेपछि पदयात्रा आंशिक रूपमा सञ्चालनमा आएको जनाएको छ। पदमार्गका केही खण्ड र पूर्वाधार अझै जोखिमपूर्ण हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाएर मात्र यात्रा गर्न टानले आग्रह गरेको छ। पदमार्ग पुनः सञ्चालनमा आएसँगै मनास्लु क्षेत्रको पदयात्रा गतिविधि क्रमशः सहज हुने अपेक्षा गरिएको छ।