एआईको सहायताले दुई सय वर्ष पुरानो नेपोलियनको गोप्य सन्देश पढियो
काठमाडौं । फ्रान्सेली सम्राट् नेपोलियन बोनापार्टको युद्धकालीन गोप्य सन्देश दुई सय वर्षभन्दा बढी समयपछि कृत्रिम बौद्धिकता (एआई) को सहायताले केही घण्टामै पढ्न सफल भएको दाबी गरिएको छ। यस घटनाले ऐतिहासिक अभिलेखमा लुकेका रहस्य पत्ता लगाउन एआई प्रभावकारी माध्यम बन्न सक्ने देखाएको छ। सन् १८०९ मा फ्रान्सेली सेनाका एक जनरललाई पठाइएको उक्त सन्देशमा प्रतीक, सङ्ख्या र अक्षर प्रयोग गरिएका दुई दर्जन पङ्क्ति छन्। लामो समयदेखि अनलाइन शैक्षिक अभिलेखमा बेवास्तामा परेको यो सन्देशको सङ्केत अमेरिकी एआई इन्जिनियर कार्टर चर्चले समाधान गरेको विवरणमा उल्लेख छ।
