कामदार अभावपछि जापानले १२ लाखभन्दा बढी विदेशी कामदार भर्ना गर्ने, तीन क्षेत्रमा अवसर खुलाउने तयारी
काठमाडौं । कामदारको तीव्र अभाव भएपछि जापानले सन् २०२८ सम्ममा विभिन्न क्षेत्रमा १२ लाख ३१ हजार ९०० भन्दा बढी विदेशी कामदारका लागि अधिकतम कोटा निर्धारण गर्ने तयारी गरेको छ। जापानले सन् २०२७ अप्रिलदेखि अस्पताल, कल्याणकारी संस्था तथा विद्यालयमा खाना पकाउने र वितरण गर्ने कामका लागि विदेशी कामदार भर्ना पुनः खुलाउने योजना बनाएको छ। खाद्य उत्पादन क्षेत्रअन्तर्गत पर्ने यी काममा जनशक्तिको अभाव भएपछि सरकारले यस्तो तयारी गरेको हो। यसैगरी, जापानले वृद्धवृद्धाको हेरचाह गर्ने (केयरगिभर) क्षेत्रमा पनि विदेशी कामदारको कोटा बढाउने तयारी गरेको छ।
