SHARE
कालिका खबर · बुधबार ५ कात्िक २०८३ ०३:१६ AM · 1 मिनेट पढाइ

इजरायलमा अक्टोबर २७ मा आम निर्वाचन, नेतन्याहुलाई सत्ता जोगाउने चुनौती

तेल अभिभ । गाजामा जारी युद्ध तथा लेबनान र इरानसँगको युद्धपछिको पहिलो आम निर्वाचनमा इजरायली नागरिकले अक्टोबर २७ मा मतदान गर्दैछन्। निर्वाचनबाट १२० सदस्यीय संसद् (नेसेट) को २६औँ कार्यकालका लागि प्रतिनिधि चयन हुनेछन्। इजरायलको इतिहासमा सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका बेन्जामिन नेतन्याहु भ्रष्टाचारसम्बन्धी मुद्दा खेपिरहेका बेला पुनः सत्तामा पुग्ने प्रयासमा छन्। उनको नेतृत्वको लिकुड पार्टी र अति-दक्षिणपन्थी गठबन्धनले विपक्षी दलहरूको यहुदी नेतृत्वको गठबन्धनसँग कडा प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ। निर्वाचनमा कुनै पनि पक्षले स्पष्ट बहुमत हासिल गर्ने सम्भावना कमजोर देखिएको छ। यस्तो अवस्थामा सरकार गठनका लागि साना दलहरूको समर्थन निर्णायक बन्न सक्नेछ।