SHARE
कालिका खबर · बिहीबार ६ कात्िक २०८३ ०२:४४ AM · 1 मिनेट पढाइ

हिजो राजनीतिक प्रतिशोधको आरोप, आज आफ्नै सरकार हुँदा सहकारी ठगीका आरोपितलाई पक्राउ गर्न केले रोक्यो?

काठमाडौं । सहकारी बचतकर्ताको रकम फिर्ता, ठगीमा संलग्नलाई कारबाही र फरार सञ्चालकको खोजीको विषय फेरि चर्चामा आएको छ। सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि कारबाही हुँदा राजनीतिक प्रतिशोधको आरोप लगाइएको थियो। तर, अहिले आफ्नै नेतृत्वमा सरकार हुँदा अन्य आरोपितमाथि कारबाही र फरार भनिएका जीबी राईको खोजीमा सरकारले कस्तो कदम चालिरहेको छ भन्ने प्रश्न उठाइएको छ। नेपालमा ‘टोलटोलमा सहकारी, घरघरमा धानको भकारी’ भन्ने नारासहित सहकारी संस्थालाई प्रोत्साहन गरिएको थियो।