SHARE
पर्दाफास · शनिबार २५ असो २०८२ १२:११ PM · 1 मिनेट पढाइ

‘हामी नर्स हौँ, मेसिन होइनौ’ भन्दै नर्सहरु आन्दोलनमा

पोखराको मणिपाल शिक्षण अस्पतालमा कार्यरत नर्सहरु तलब वृद्धिलगायतका माग राखेर पुनः आन्दोलित भएका छन् असोज १९ गते आइतबारदेखि आन्दोलित रहेका नर्सहरुले सोमबार वार्तापछि आफ्नो आन्दोलन स्थगित गरेका थिए । तर माग पूरा नभएपछि उनीहरु फेरि आन्दोलित भएका हुन् । उनीहरूले आफ्नो काम जारी राख्दै अस्पताल परिसरमा प्लेकार्डसहित धर्ना र नराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।