राउटे बस्ती पसेर युवती जिस्काएको आरोपमा एक पक्राउ
राउटे बस्तीमा गएर युवतीलाई दुव्र्यवहार गरेको आरोपमा लेकवेशी नगरपालिका–५ नेटाका राजु रजालीलाई राउटे समुदायले नियन्त्रणमा लिएका छन्। शुक्रबार राती राउटे बस्ती प्रवेश गरेका रजालीलाई उनीहरुले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन्। फिरन्ते जीवन जिउने लोपोन्मुख राउटे समुदाय लेकवेशी नगरपालिका–९ मा बस्दै आएको छ।
