SHARE
पर्दाफास · शनिबार २५ असो २०८२ ०१:३३ PM · 1 मिनेट पढाइ

मुख्यमन्त्री कार्कीको गुनासो- ‘संघीय सरकारले इलामका बाढीपहिरो पिडितलाई सहयोग गरेन’

अविरल वर्षापछि आएको बाढीपहिरोले अस्तव्यस्त बनेको इलाममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङ शनिबार पहिलोपटक पुगेका छन् । मन्त्री घिसिङले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै पीडित परिवारसँग भेटघाट र राहत वितरण गरेका छन् । तर, निरीक्षणका लागि आउने भनिएका गृहमन्त्री ओमप्रकाश अर्याल भने अनुपस्थित रहे ।