राष्ट्रसेवक सहकारी संस्थाको सम्पत्ति ५७ करोडभन्दा बढी
राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था विराटनगरको सम्पत्ति दायित्व रु. ५७ करोड ३८ लाख पुगेको छ । आज यहाँ आयोजित संस्थाको २७औँ वार्षिक साधारण सभामा सहकारीको कुल सम्पत्ति दायित्व आर्थिक वर्ष २०८१/८२ मा रु. ५७ करोड ३८ लाख ५७ हजार ४५४ पुगेको जानकारी दिइयो ।
