SHARE
कालिका खबर · शुक्रबार​ २४ असो २०८२ ०८:४६ AM · 1 मिनेट पढाइ

काठमाडौँमा मोटरसाइकल र्‍याली र सभा गर्न युवा संघलाई रोक

काठमाडौँ : जिल्ला प्रशासन कार्यालय काठमाडौँले युवा संघलाई मोटरसाइकल र्‍याली र सभा गर्न रोक लगाएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालयले नेकपा एमाले सम्बद्ध सो संगठनलाई मोटरसाइकल र्‍याली र सभा गर्न रोक लगाएको हो । युवा संघले शनिबार काठमाडौँमा मोटरसाइकल र्‍याली र आयोजना गर्ने घोषणा गरेको थियो ।