SHARE
कालिका खबर · शुक्रबार​ २४ असो २०८२ ०९:२० AM · 1 मिनेट पढाइ

मनास्लु आरोहीबाट १५ करोड राजस्व सङ्कलन

गोरखा, २४ असोज । यहाँ अवस्थित मनास्लु हिमाल आरोहीबाट रु १५ करोड राजस्व सङ्कलन भएको छ । यस वर्ष हिमाल आरोहणका लागि अनुमति लिएका ३७४ जनाबाट ११ लाख २२ हजार अमेरिकी डलर अर्थात् रु १५ करोड ७६ लाख ४० हजार १९५ राजस्व सङ्कलन भएको पर्यटन विभागले जनाएको छ । आठ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणका लागि यस वर्ष ३१ समूहका ३७४ जनाले अनुमति लिएका विभागका निर्देशक हिमाल गौतमले जानकारी दिनुभयो । उनीहरुमध्ये ९५ महिला र २७९ पुरुष हुन् ।