सशस्त्र प्रहरीले ठूलो मात्रामा पटका नियन्त्रण गरी नष्ट गर्यो, समाजमा सुरक्षा सन्देश प्रबल
बीरगंज, पर्सा। सशस्त्र प्रहरी बल, नेपालले आगामी चाडपर्वका अवसरमा हुन सक्ने अवैध पटका कारोबार तथा प्रयोग नियन्त्रण गर्न उल्लेखनीय सफलता हात पारेको छ। मिति २०८२ असोज २३ गते सशस्त्र प्रहरी बल, प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगंजबाट खटिएको टोलीले वीरगंज–१६ स्थित भन्सार मेनगेट चेकप्वाइन्टमा चेकजाँचका क्रममा ठूलो मात्रामा पटका नियन्त्रणमा लिएको हो। बा १२ च ३१०३ नम्बरको Hyundai Xcent कारलाई चेकजाँच गर्ने क्रममा चालक गाडी छोडी फरार भएको थियो। पछि सशस्त्र प्रहरी टोलीले उक्त कारको डिकी भित्र लुकाइएका ९ वटा कार्टुनमा करिब रु. ५०,००० बराबरका पटका फेला पारेको थियो।
