यू–१९ महिला विश्वकपमा नेपाल समूह ‘ए’मा
काठमाण्डु – नेपालले बङ्गलादेशसँग संयुक्त रूपमा आयोजना गर्न लागेको आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेटका १५ खेल नेपाली मैदानमा सञ्चालन हुने भएका छन् । अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको खेल तालिकामा प्रतियोगिताका कुल ४१ खेलमध्ये १५ खेल नेपालमा राखिएका हुन् ।
