राष्ट्रपति पौडेलले लगाए दसैंको टीका, परिवारलाई पनि लगाइदिए
काठमाण्डु– राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको दसैंको शुभसाइतमा टीका, जमरा र प्रसाद ग्रहण गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान १० बजेर २६ मिनेटको शुभसाइतमा गुरु पुरोहितबाट राष्ट्रपति पौडेलले टीका, जमरा र प्रसाद ग्रहण गरेेका हुन्।
