SHARE
पर्दाफास · मङगलबार ४ कात्िक २०८३ ०३:५७ PM · 1 मिनेट पढाइ

दुई दिनमा सशस्त्रले दियो एक हजार बढीलाई निःशुल्क बस सेवा

सशस्त्र प्रहरी बल, नेपालले दशैंका लागि लक्षित गरी काठमाडौँ उपत्यकामा सञ्चालन गरेको निःशुल्क बस सेवामार्फत दुई दिनमा एक हजारभन्दा बढी यात्रुले सेवा लिएका छन् । सशस्त्रका प्रवक्ता एवम् प्रहरी नायव महानिरीक्षक नेत्रबहादुर कार्कीले सोमबार ४५० जना र मङ्गलबार ६१३ जना सर्वसाधारणले उक्त सेवा लिएको जानकारी दिए ।