देशभर ५० हजारभन्दा बढी प्रहरी परिचालन, सीमावर्ती क्षेत्रमा १०८ सहायता कक्ष
दशैँ, तिहार, छठ तथा नेपाल संवत् लगायतका चाडपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर ५० हजारभन्दा बढी प्रहरी जनशक्ति परिचालन गरेको छ । चाडपर्वका बेला हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण, यात्रुहरूको सुरक्षा तथा सडक दुर्घटना न्यूनीकरणका लागि प्रहरीले सीमावर्ती क्षेत्र, राजमार्ग र प्रमुख शहरहरूमा विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको हो ।
