SHARE
पर्दाफास · मङगलबार ४ कात्िक २०८३ ०७:२७ AM · 1 मिनेट पढाइ

सेनाले गर्‍यो मौलो तथा निशान पूजा, शताब्दीयौँ पुरानो परम्परालाई निरन्तरता

नेपाली सेनाले बडादशैँको अवसर पारेर आफ्ना विभिन्न पृतना, गण, गुल्म तथा ऐतिहासिक कोतहरूमा परम्परागत विधिपूर्वक मौलो तथा निशान पूजा सम्पन्न गरेको छ । राष्ट्रिय सुरक्षा र शक्तिको प्रतीकका रूपमा लिइने हातहतियार, तोप तथा पल्टनको पहिचान झल्काउने निशान झण्डाको विधिवत पूजाआराधना गर्दै सेनाले शताब्दीयौँ पुरानो सैन्य परम्परालाई निरन्तरता दिएको हो ।