SHARE
पर्दाफास · मङगलबार ४ कात्िक २०८३ ०७:३६ AM · 1 मिनेट पढाइ

प्रहरीले भन्यो- दशैँ मनाउन उपत्यकाबाट १० लाखभन्दा बढी नागरिक बाहिरिए, शान्ति सुरक्षा सामान्य

बडा दशैँ मनाउन काठमाडौं उपत्यकाबाट १० लाखभन्दा बढी नागरिक आ–आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेका छन् । महानवमीसम्म सार्वजनिक बस, निजी सवारीसाधन तथा दुईपाङ्ग्रे सवारीमार्फत उपत्यका छाड्नेको सङ्ख्या १० लाख नाघेको नेपाल प्रहरीको प्रारम्भिक तथ्याङ्कले देखाएको हो । नेपाल प्रहरीले यस वर्षको दशैँ अवधिमा देशभरको शान्ति सुरक्षाको अवस्था सामान्य र सुदृढ रहेको जनाएको छ ।