संघीय सञ्चिति कोष दुई खर्ब घाटामा, एक वर्षमा १५ खर्ब २३ अर्ब खर्च
काठमाडौं । आर्थिक वर्ष सकिँदा संघीय सञ्चिति कोष दुई खर्ब घाटामा पुगेको छ । अर्थ मन्त्रालयकाअनुसार गत साउन ३२ गतेसम्म संघीय सञ्चिति कोष दुई खर्ब चार अर्ब रुपैयाँ घाटामा रहेको छ । ०८१ साउनमा दुई खर्ब २४ अर्ब ९९ करोड रुपैयाँ घाटामा रहेको कोष गत आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा २० अर्बले घटेको हो ।
