‘भारतमा पनि नेपाल, बंगलादेश र फ्रान्सजस्तै अवस्था ल्याउने प्रयास भइरहेको छ’
काठमाण्डु– भारतमा पनि नेपाल, बंगलादेश र फ्रान्समा जस्तै अवस्था सिर्जना गर्ने प्रयास भइरहेको राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का प्रमुख मोहन भागवतले बताएका छन्। उनले सत्ता परिवर्तन गरेर परिस्थिति सुधार्ने नभई आफ्ना समर्थकलाई सत्तामा पुर्याउने उद्देश्यले केही शक्तिले काम गरिरहेको आरोप लगाए।
