नवरात्रको अन्तिम दिन आज महानवमी मनाइँदै
काठमाण्डु – आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व मंगलबार देशभर नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदैछ। आइतबार र सोमबार दुई दिन महाअष्टमी परेकोले मंगलबार महानवमी मनाइन लागिएको हो। महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगेर चढाइन्छ।
