स्पेनी ला लिगा : एमबापेको दुई गोलले रियलको जित
काठमाण्डु – किलियन एमबापेको दुई गोलको मदतले स्पेनी ला लिगामा रियल म्याड्रिडले आइतबार सेभियालाई ४–१ ले पराजित गरेको छ । उनले ३७ औं मिनेटमा शानदार गोल गरेपछि पेनाल्टीबाट ६३ औं मिनेटमा दोस्रो गोल थपे ।यस्तै रियलका लागि आर्ड गुलेर र यान डिआन्डेले एक एक गोल थपे ।
