अख्तियारमा राप्रपाको उजुरी : ‘०४६ पछिका सबै उच्च पदस्थहरुको सम्पत्ति छानबिन होस्’
काठमाडौं । भ्रष्टाचार नियन्त्रण र कारबाहीको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा औपचारिक उजुरी दर्ता गरेको छ । शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आयोगको टंगालस्थित कार्यालयमा उजुरी दर्ता गराएको हो ।
