आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै
२४ असोज २०८२, काठमाडौं । मानसिक स्वास्थ्यप्रति जागरुकता बढाउने उद्देश्यका साथ आज विश्वका विभिन्न मुलुकमा विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदैछ । मानसिक स्वास्थ्य बिना मानव स्वस्थ नहुने वास्तविकता बोध गराउन सन् १९९२ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो ।
