नेपाल राष्ट्र बैंकले घटायो एटिएम (ATM) कारोबार सीमा, डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने लक्ष्य
२४ असोज २०८२, काठमाडौं । नेपाल राष्ट्र बैंकले डेबिट कार्ड (एटिएम), क्रेडिट कार्ड र प्रिपेड कार्ड मार्फत हुने कारोबारको सीमा घटाएको छ। शुक्रबार राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी कार्य गर्ने संस्थाहरूलाइ एकीकृत निर्देशन जारी गर्दै कार्ड कारोबार सीमामा संशोधन गरेको हो। संशोधित व्यवस्थाअनुसार अब एटिएमबाट एकपटकमा अधिकतम २० हजार रुपैयाँ मात्रै निकाल्न सकिनेछ।
