SHARE
लोक पथ · शुक्रबार​ २ साउन २०८२ १०:५७ AM · 1 मिनेट पढाइ

राप्रपा उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई लिङ्देनले गरे पदमुक्त

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पदमुक्त गरेका छन् । अध्यक्ष लिङ्देनले शुक्रबार गिरीलाई उपाध्यक्षबाट पदमुक्त गरेको राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले लोकपथलाई जानकारी दिए । उनका अनुसार गिरीले पार्टीको हित विपरित काम गरेकोले पदमुक्त गरिएको हो ।