SHARE
लोक पथ · शुक्रबार​ २ साउन २०८२ ११:०४ AM · 1 मिनेट पढाइ

नेकपा एमालेसँग एकताको सम्भावना छैन : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेसँग पुनः एकताको कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय एकता अभियान र नेकपा (एकीकृत समाजवादी) बिचको एकता कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् । अध्यक्ष नेपालले एमालेसँग एकता हुनेबारेको भ्रममा नपर्न सबैलाई आग्रह गरे ।