सम्पूर्ण वामपन्थीहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता : झलनाथ खनाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपाल राष्ट्रिय एकता अभियानसँगको एकतालाई मुलुकको कम्युनिष्ट आन्दोलनको एकताका रूपमा अगाडि बढाउनुपर्ने धारणा राखेका छन् । शुक्रबार नेपाल राष्ट्रिय एकता अभियान र नेकपा (एकीकृत समाजवादी) बिचको एकता कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले साझा नीति, सिद्धान्त र कार्यदिशा विना एकता दीगो नहुने बताए ।
