SHARE
अन्नपूर्ण · शनिबार १ कात्िक २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

सखिया नाचको सौन्दर्यशास्त्रीय विश्लेषण

नेपालको रैथाने आदिवासी जनजातिहरूमध्ये थारू समुदाय सांस्कृतिक दृष्टिकोणले अत्यन्तै समृद्ध मानिन्छ। भाषा, कला, सस्कृति, परम्परा र भेषपुषा अत्यन्त पृथक रहेको थारू समुदाय लोक संस्कृतिका लागि अत्यन्त वैभवशाली मानिन्छ। थारू समुदायको जीवनपद्धति पूर्णरूपमा प्रकृति, श्रम, कला र अध्यात्मसँग एकाकार भएको पाइन्छ। यिनकै सुन्दर सम्मिश्रणले उनीहरूको हरेक दैनिक क्रियाकलापलाई उत्सव र सौन्दर्यमय बनाएको हुन्छ।