२ वर्षसम्म कैद सजाय पाएकालाई सुधारगृहमा राख्न सकिने
काठमाडौं : दुई वर्ष वा सोभन्दा कम कैद सजाय भएका कसुरदारलाई कारागारको सट्टा सुधारगृहमा राख्न सकिने व्यवस्था सरकारले अघि बढाएको छ। आगामी कात्तिक १५ देखि प्रारम्भ हुने गरी यो व्यवस्था लागू गर्न लागिएको छ। मन्त्रिपरिषद्को शुक्रबारको बैठकले फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को प्रारम्भ हुन बाँकी दफाहरूमध्ये दफा १७ को खण्ड (ङ), दफा २५ र दफा २६ संवत् २०८३ साल कात्तिक १५ गतेदेखि प्रारम्भ गर्ने निर्णय गरेको छ।
