SHARE
अन्नपूर्ण · शनिबार १ कात्िक २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

ट्रम्पले रोके चीन र भारतसहितका देशमाथि १०० प्रतिशत भन्सार कर लगाउने कानुन

वासिङ्टन डिसी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि कडा प्रतिबन्ध लगाउने सम्बन्धी कानुनलाई हालका लागि रोकिदिएका छन्। ट्रम्पले शुक्रबार यस निर्णयसँग सम्बन्धित आदेशमा हस्ताक्षर गर्दै यो कदम अमेरिकाको राष्ट्रिय हितमा रहेको बताएका छन्।यस कानुन अनुसार रुसबाट तेल र ग्यास खरिद गर्ने मुलुकहरूमाथि १०० प्रतिशतसम्म भन्सार शुल्क  (कर) लगाउन सकिने व्यवस्था थियो। ती मुलुकहरूमा चीन, भारत, स्लोभाकिया, हंगेरी र अजरबैजान समावेश थिए।