पाकिस्तानले ७३ वर्षपछि आईएमएफ र विश्व बैंकको अध्यक्ष पद सम्हाल्दै
काठमाडौं : पाकिस्तानले सन् २०२७ मा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंक समूह (डब्लुबीजी) को 'बोर्ड अफ गभर्नर्स'को अध्यक्षता सम्हाल्ने भएको छ। पाकिस्तानको आर्थिक मामिला मन्त्रालयले शुक्रबार यसबारे आधिकारिक जानकारी दिएको हो।सन् १९५३ पछि अर्थात् ७३ वर्षको लामो अन्तरालमा पाकिस्तानले पहिलोपटक यो ऐतिहासिक जिम्मेवारी प्राप्त गरेको हो।
