जग्गाको सीमाना विवादमा धकेलाधकेल : वृद्धको मृत्यु, एकजना पक्राउ
काठमाडौं : जग्गाको सीमानाको विषयलाई लिएर भएको विवादमा धकेलाधकेल हुँदा एकजना वृद्धको मृत्यु भएको छ। सप्तरीको छिन्नमस्ता गाउँपालिका-१ बरही टोलमा शनिबार बिहान करिब ९ बजेतिर २७ वर्षीय रघुनन्दन राय र ७५ वर्षीय तेतर रायबीच जग्गाको सिमानाको विषयलाई लिएर विवाद भएको थियो।सोही क्रममा रघुनन्दन रायले तेतर रायलाई धकेल्दा उनको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको हो।घटनाबारे स्थानीयले जानकारी गराएपछि तत्काल प्रहरी टोली घटनास्थल पुगेको थियो। रघुनन्दनलाई नियन्त्रणमा लिएको छ।
