पृथ्वीनारायण शाहले दिएको २५८ वर्ष पुरानो खड्ग फुलपातीसँगै जाजरकोट दरबारमा भित्र्याइयो
जाजरकोट : नेपाल एकीकरण अभियानका क्रममा तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले जाजरकोट राज्यलाई उपहारस्वरूप दिएको २५८ वर्ष पुरानो खड्ग (तरवार) बडादसैंको फुलपातीका दिन जाजरकोट दरबारमा भित्र्याइएको छ। ऐतिहासिक महत्त्व बोकेको उक्त खड्गलाई जाजरकोट राज्यको शक्तिको प्रतीकका रूपमा पूजाआजा गरी दरबारमा भित्र्याउने परम्परा रहिआएको छ।फुलपाती भित्र्याउने परम्पराअनुसार शनिबार जाजरकोटको पुरानो सदरमुकाम जगतिपुरबाट खड्गलाई जाजरकोट दरबारमा ल्याइएको हो।
