SHARE
अन्नपूर्ण · शनिबार १ कात्िक २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

जनआस्थाका सम्पादक किशोर श्रेष्ठ प्रहरी नियन्त्रणमा

काठमाडौं : प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई घरबाटै गिरफ्तार गरेको छ। ललितपुरस्थित उनको निवासबाट प्रहरीले आज दिउँसो नियन्त्रणमा लिएको नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले जानकारी दिइन्।  श्रेष्ठले पनि घरमै प्रहरीले लिन आएको जानकारी दिए। उनले भनेका छन्,‘भरमार गालीगलौज गर्नेहरु फुक्काफाल। समाचार प्रकाशन गरेको अपराधमा मलाई उहाँहरुले घरैमा लिन आउनुभएको छ।’जनआस्थामा प्रकाशित समाचारको विषयलाई लिएर हाँस्य कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध शुक्रबार जाहेरी दिएका थिए।