SHARE
अन्नपूर्ण · शनिबार १ कात्िक २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

मिथिलाका शक्तिपीठहरूमा खोइछ भर्ने महिलाको भीड

महोत्तरी : मिथिलाञ्चलका विभिन्न देवी भगवतीको शक्तिपीठहरूमा आजदेखि खोइछ भर्ने (एक विशेष प्रकारका विधिसहितको पूजा) सुरू भएको छ । दसैंको सप्तमी तिथिका दिन मधेशका विभिन्न दैवीशक्तिपीठ एवं देवी नवदुर्गाको प्रतिमा सम्मुख विवाहित महिलाहरूले खोइछ भरेका हुन् ।यहाँका प्रसिद्ध बर्दिवासको माईस्थान,औरहीको सोनामाई,जलेश्वरको त्रिशुलीमाई,बलवाको परौलस्थानका शक्तिपीठसाथै ग्रामिण भेगमा निर्मित नवदुर्गा भवानीको मूर्तिको सम्मुख उनीहरू यसरी खोईछ भरेका हुन् ।